गोलबजार, २७ चैत। स्थानीय प्रतिभा प्रष्फुटन र राष्ट्रिय खेलाडीको रुपमा स्थापित गर्ने उदेश्य गोलबजार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बैशाख ४ देखि ६ गते पाचौं गोलबजार उप–मेयर कराते प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

प्रतियोगितामा मभेस प्रदेशभित्रको आठ जिल्ला टिम र दुई आयोजक टिमसहित दस टिम सहभागी हुने आयोजकले जनाएको छ। जसमा ३३० जना भन्दा बढि खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछ।
प्रतियोगितामा पुरुष २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी मुनि र ८४ केजी माथिका खेलाडी सहभागी हुने छन्। त्यसैगरी, एकल काता, टिम काता प्रदर्शन हुने जनाएको छ।
महिला समुहमा २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी मुनि, ६८ केजी माथिका खेलाडी र एकल काता, टिम काता गरि हरेक टिमबाट ३२ जना जुनियर तथा सिनियर खेलाडीले प्रतियोगिता खेल्ने कराते प्रशिक्षक नर बहादुर थापाले जानकारी दिए।
प्रतियोगिताका सबै खेल गोलबजार ८ स्थित जनता नमुना मावि चन्द्रलालपुर चोहर्वाको खेलमैदानमा हुने आयोजकले जनाएको छ।






















