उदयपुर, २५ चैत। उदयपुर प्रहरीले १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ गरेको छ। बालिका बलात्कार गरेको आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ७ धाङ्गलेका २४ वर्षीय बले भन्ने बल बहादुर श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।