सिरहा, २४ चैत। सिरहाको गोलबजारमा रहेको लाइफ लङ हेल्थ केयर प्रा.लि.ले एक दिवसिय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने नाराकासाथ आयोजित रक्तदान कार्यक्रममा ३९ जना युवा–युवतीहरूले रक्तदान गरेका छ्न्।

करिब एक दशकदेखि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको लाइफ लङ हेल्थ केयरले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको बताए। कार्यक्रमको सहकार्य नेपाल रेडक्रस सोसाइटीले गरेको थियो।

लाइफ लङ हेल्थ केयरका संचालक डा. पंकज साहका अनुसार रक्त अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो। सहभागी युवाहरूले पनि रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन्।

स्थानीय स्तरमा यस्ता सामाजिक कार्यक्रमले जनचेतना बढाउनुका साथै आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको आपूर्ति सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

mount 2082