सिरहा, २४ चैत। सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको अन्तिम समयमा जर्सी नम्बर ६ का खेलाडी पासङ लामाले गरेको एक गोल निर्णायक भएको हो।

fe9744bc-52ca-4a4f-9d28-676211ccf337

उत्कृष्ट प्रदर्शन गरेका पासङ लामा ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामाले प्रदान गरेका थिए। 

 भोलिको खेल चात्यासा फुटबल क्लब, विराटनगर र झापा बीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४४ हजार ४४४ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २२ हजार २२२ सहित ट्रफी हात पार्नेछ। साथै  ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।

गोलबजार नगरपालिका २ गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

BGR 9 meyar cup