काठमाडौं, २२ चैत।अव सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यो निर्णयसँगै अव सरकारी कार्यालय सातामा दुई दिन बन्द रहने छ।
बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र बैशाखबाट लागुहुनेगरी सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णए भएको बताए। मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको छ।’
बिदाको यो निर्णय शैक्षिक संस्थामा भने आगामी वैशाख १५ देखि लागु हुने बताइएको छ।




















