विनय आजाद

सिरहा, २० चैत। सिरहा सिरहाको कर्जन्हा नगरपालिका-८ थल्हा गौतारीका ४० वर्षीय मनोज कुँवर तीन दिनयता जिल्ला प्रहरी कार्यालय, सिरहाको परिसरमै भेटिन्छन्। उनी प्रहरी कार्यालय परिसरमा एकान्तमा बसेर घरीघरी आँखाबाट आँसु झार्छन्, दिनभर कसैको प्रतीक्षा गर्छन्, अनि साँझ फेरि निराश भएर घर फर्किन्छन्।

यसरी प्रहरी कार्यालयमा दिनभर उनले प्रतीक्षा गर्ने गरेको अरू कसैको नभएर आफ्नी जीवनसाथीको हो। उनकी पत्नी ३५ वर्षीया पानवती देवी दनुवार गत मंगलबारदेखि नै जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा छिन्। पानवतीलाई प्रहरीले मंगलबार दिउँसो मिर्चैयाबाट पक्राउ गरी सिरहा लगेको थियो। 

One lakh loan: The creditor demanded 6 lakhs, the victim woman has been in custody for 3 days

उनीमाथि लेनदेन बिगो मुद्दा छ। सिरहा जिल्ला अदालतले पानवतीलाई गत कात्तिक २१ मा एक वर्षको कैद सजाय सुनाएको छ। उनले तीन वर्षअघि ससुरा गंगा कुवँर बिरामी हुँदा उपचारका लागि मिर्चैयामा मिटरब्याजमा पैसा लगाउने काम गर्दै आएका वीरेन्द्र साहसँग २०७९ पुसमा एक लाख रुपैयाँ ऋण लिएकी थिइन्।

त्यसबापत पानवतीसँग वीरेन्द्रकी श्रीमती इन्दु साहलाई धनी कायम गरी मूलधनको तेब्बर अर्थात् तीन लाखको कपाली तमसुक बनाइएको थियो। तर, ऋण २०७९ पुसमा लिइएको भए पनि तमसुक भने २०७५ साउन १३ गते मिति राखेर बनाइएको छ।

One lakh loan: The creditor demanded 6 lakhs, the victim woman has been in custody for 3 days

मधेशमा मिटरब्याज धन्दा मौलाएको, साहुहरूले ऋणीसँग वास्तविक मूलधनभन्दा बढी रकमको कपाली तमसुक बनाउने गरेकोजस्ता विषय बाहिरिएपछि सरकारले २०७५ साउन २० गतेदेखि आर्थिक लेनदेनको कारोबार गर्दा वडा कार्यालयमा जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा गर्नुपर्ने र कपाली वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने व्यवस्था लागू गरेको थियो।

त्यसैले यो व्यवस्था लागू भएको मितिभन्दा अघिको मितिमा साहुले भनेबमोजिम कपाली गरिदिएको पानवतीका श्रीमान् मनोज कुँवरले सुनाए। अदालतले साहुलाई सवा ६ लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको उनले बताए। मनोजका अनुसार, कपालीको मुनिको भागमा वास्तविक मूलधन र मिति लेखिएको भए पनि त्यसलाई काटेर साहुले अदालतमा मुद्दा हाल्दा यति धेरै बिगो हुन आएको हो। 

साहुले अदालतमा हालिदिएको कुरा थाहा पाएलगत्तै मनोज र पानवती पति-पत्नीले साहुलाई आफूहरूको आर्थिक अवस्था दयनीय रहेको भए पनि मिलाएर लिइदिन आग्रह गर्दै आएका थिए। तर, साहु वीरेन्द्रले कम्तीमा ६ लाख रुपैयाँ दिनुपर्ने भन्दै आएका थिए  उनीहरूले त्यति तिर्न नसक्ने बताएपछि साहुले जेलमै पठाउने धम्की दिँदै आएका थिए।

'मेरो बुवा बिरामी भएर पैसाको जरुरी थियो, त्यतिबेला साहुले जसरी भन्यो त्यसरी गर्नैपर्‍यो, यस्तो होला भन्ने लागेको थिएन,' मनोज सुनाउँछन्, 'म त्यतिखेर मलेसियामा थिएँ, त्यता मेरो कमाइ राम्रो थिएन, त्यसैले समयमै पैसा तिर्न सकिनँ, मुद्दा हालेपछि अरूसँग ऋण लिएर भए पनि पैसा दिन्छु, मिलाएर लिइदिनुस् भन्दा पनि नमानेर मेरी श्रीमतीलाई पक्राइदिनुभयो।'

पानवतीलाई अदालतमा पेश गर्ने र अदालतबाट कारागार पठाउने तयारी प्रहरीले गरेको छ। अहिले पानवती प्रहरी हिरासतमै रहेको र उनलाई अब अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बता।

गृह मन्त्रालयले भने कात्तिक २३ मा देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै 'कतिपय पीडकले पीडितमाथि नै मुद्दा दायर गरेका कारण पक्राउ पुर्जी जारी भएको भए त्यस्ता पीडितलाई छलफलमा आउने व्यवस्था मिलाउने' निर्देशन दिएको थियो। One lakh loan: The creditor demanded 6 lakhs, the victim woman has been in custody for 3 days

यस्तै, सरकारले गैरकानुनी ढंगले कपाली तमसुक बनाएको, कानुनले तोकेभन्दा बढी ब्याज लिन खोजेको वा लिएको उजुरीमाथि अनुसन्धान गरी त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न अनुचित लेनदेनसम्बन्धी कानुन नै बनाएको छ। तर, कानुनी व्यवस्था र गृहकै निर्देशनविपरीत उल्टै मिटरब्याज पीडितलाई प्रहरीले धरपकड गर्दै आएको छ।