जनकपुरधाम, २० चैत।  धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी इन्सपेक्ट ४० हजार घुससहित पक्राउ परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान धनुषाको लालगढबाट उक्त घुस रकमसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन्। अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो। सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ।

यस सम्वनधमा अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।