सिरहा, १८ चैत। गोलबजार नगरपालिका १३ दुर्गापुरमा एक दिवसिय निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आज बुधबार सम्पन्न भएको छ। वडाको आयोजनामा सम्पन्न शिविरमा २५४ महिला र १०७ पुरुषसहित ३६१ जनाले गराए उपचार गराएका छन्। 

वडाको आफ्नै योजना अनुसार सम्पन्न शिविरमा स्थानीय विपन्न, महिला तथा वृद्धवृद्धाले उपचार गराएका हुन्। 

b64d713f-6765-4699-882a-d50ed5071531

यस वडामा गरिव, विपन्न विदेशमा रहेका युवाहरुका बृद्ध आमाबुवालाई वाहिर उपचार गर्न लानसक्ने अवस्था कम भएकाले वडाले शिविरको आयोजना गरेको वडा अध्यक्ष नन्दकुमार महतोले जानकारी दिए। उनले भने, ‘हाम्रो वडामा विपन्नको संख्या धेरै छ। उहाँहरु सामान्य अवस्थामा उपचारको लागि बाहिर जान सक्नुहुन्न। अर्को युवाहरु विदेशमा रहेकाले उनका परीवारका वृद्धवृद्धाहरुलाई बाहिर उपचार गराउन लग्ने मानिस समेत हुँदैन। त्यस्ता व्यक्तिहरुलाई राहत हुनेगरी शिविरको आयोजना गरिएको हो।’

वडा अध्यक्ष महतोले आफूले वर्षिनी कुनै न कुनै प्रकारका शिविर गर्दै आएको बताए। 

शिविरमा ४४ प्रकारका अति आवश्यक औषधीहरुसमेत निशुल्क वितरण गरिएको थियो। 

शिविरमा वरिष्ठ चिकित्सक शशी कुमार मण्डल, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा.रबिन मण्डल र प्रसुति रोग विशेषज्ञ डा. सविना पौडेल उपचारमा सहभागी भएका थिए। स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुपनि उपचारमा संल्गन थिए।

4946eb6e-8250-4914-96d5-aaa3204e3fff

शिविरमा विशेषगरेर थाइराइड, ब्लड प्रेसर, हाडजोर्नी दुख्ने विरामीको मात्रा अत्यधिक रहेको वरिष्ठ चिकित्सक शशी कुमार मण्डलले जानकारी दिए। उनले थाइराइडको कारण पनि हाडजोर्नी दुख्ने समस्या त हुन्छ। तर बुड्यौलि  लाग्नथालेपछि पनि यस्ता समस्याहरु देखिने बताए।

शिविरले आफूहरुलाई राहत मिलेको स्थानीय ७० वर्षिय बेचन धामी दनुवारले बताए।  उनले भने, ‘हामी बुढापाकालाई कतै उपचार गराउन लान पनि समस्या, बाहिर जानुपर्दा धेरै खर्चिलो पनि हुने। आज गाउँमै डाक्टर आएको बेला उपचार गराउँन पाएँ। मलाई त औधि खुशी लागेको छ। 

99a0e547-5895-4d54-bf0d-bffd851261ba