काठमाडौं, १८ चैत। नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा  ‘बादल’ चयन भएका छन्। संसदीय दलको नेताका  लागि बादल एक जनाले मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको हाृ। 

एकल उम्मेदरी परेपछि बादललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको एमाले निर्वाचन कमिटीले बताए। 

एमाले संसदीय दलको बैठकमा बादललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको थियो। तर, सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। 

संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको थियो। एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटी चुनावी प्रक्रिया सुरु गरेको थियो। 

तर, अन्तिममा आएर सुहाङले उम्मेदवारी दिएनन्। उनी नै बादलको प्रस्ताव बनेका थिए। एउटा मात्रै उम्मेदवारी परेपछि बादल निविरोध निर्वाचित भएको घोषणा गरिएको हो। 

प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्। 

badalbb