गोलबजार, १८ चैत। दलित विकास मञ्च गोलबजारद्वारा सञ्चालित ‘जिवनका लागि पोषण’ कार्यक्रमको पालिका स्तरीय परिचयात्मक कार्यक्रमम सम्पन्न भएको छ। हेलन केलरको सहयोग र गोलबाजर नगरपालिकाको समन्वयमा सञ्चालन हुन लागेको ‘जिवनका लागि पोषण’ कार्यक्रमको मंगलबार एक समारोहको आयोजना गरी परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।
परिचयात्मक कार्यक्रममा प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख माल्ति देवी साह, प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार पौडेल, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सरोज कर्ण, स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो।
परिचयात्मक कार्यक्रममा बालबालिकाहरुमा पोषणका कमिले हुने नकारात्मक प्रभावका बारेमा स्वास्थ्य सशाखा प्रमुख कर्णले जानकारी दिए। उनले बच्चाहरुलाई पाँच वर्षसम्म नियमित सन्तुलित आहार खुवाउनु पर्नु र त्यसको महत्वबारे बताए।
गोलबजार नगरपालिकामा पनि कुपोषण भएका बच्चाहरु भेटिएको बताए। उनले यो कार्यक्रमले कुपोषण न्यूनिकरणमा मदतगर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमबारे दलित विकास मञ्चका कार्यकारी निर्देशक सन्जय महराले प्रस्ट पारेका थिए।





















