सिरहा, १७ चैत। सिरहा विकास मञ्चले यहि चैत १९ गतेबाट सुरुहुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई स्वच्छ,  निष्पक्ष र मर्यादित ढङ्गबाट सम्पन्न गराउनुपर्ने माँगसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। परीक्षामासमेत विचौलियाहरुले प्रभावित गर्नेगरेका स्मरण गराउँदै जिल्ला परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेलाई संस्थाका पदाधिकारीहरुले आज ध्यानार्षणपत्र बुझाएका हुन्। 

विकास मञ्चका संयोजक तथा अभियन्ता रामरिझन यादवसहितले बुझाएको ध्यानाकर्षणपत्रमा ‘यहि २०८२ चैत १९ गतेदेखि हुन लागेको एसईई तथा कक्षा १२ को परीक्षा विद्यार्थीको भविष्यसँग गासिएको छ। तर विगत वर्षहरुमा देखिएको व्यापक नक्कल, परीक्षा केन्द्रहरुमा हुने सेटिङ्ग तथा प्रभाव र विचौलियाहरुको अस्वभाविक सक्रियताका कारण जिल्लामा परीक्षा प्रणालीको विश्वसनियतामाथि नै प्रश्नचिन्ह लाग्दै आएको छ;’ उल्लेख गरिएको छ।

शिक्षाजस्तो सम्वेदशील राज्यको एउटा महत्वपूर्ण अङ्गमा देखिएको यस प्रकारको विकृतिलाई नहटाउन्जेलसम्म जिल्लाको शैक्षिक अवस्थामा सुधार हुन सक्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। 

‘विशेषगरी परीक्षा प्रणलिमा देखिएको अनियमितता, नक्कल प्रवृति तथा फितलो अनुगमनका कारण शिक्षा क्षेत्रको गुणस्तर दिन प्रतिदिन खस्किदै गउको प्रति आम नागरिक, अभिभावक तथा जेहेन्दार विद्यार्थीहरुसमेत चिन्तित बनेका छन्।’ मञ्चले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

जिल्लामा सञ्चालित ठूला र नाम चलेका निजी विद्यालयहरुले यस अघिका परीक्षामा अमर्यादित गतिविधी गर्न सम्वन्धित प्रभाव पर्नेगरेको आरोप लाग्दै आएको छ। 

यस वर्षको एसईई सिरहाबाट ११ हजार ३७ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षामा साधारणधार तर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फका ४१२ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेको हो।

परीक्षामा साधारणतर्फको नियमित ९ हजार ८१२, गे्रडविद्धिकालागि ८१३ तथा प्राविधिक धारतर्फका नियमित ३६५ र ग्रेडव्रिद्धीकालागि ४७ छात्र–छात्रा परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जानकारी दिएको छ। 

परीक्षामा सहभागी विद्यार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्। परीक्षा सञ्चालनका लागि ५१ वटा परीक्षा केन्द्र तोकिएको छ। 

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा यहि चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने तालिका छ।

rariya  siraha