रौतहट, १७ चैत। रौतहट  जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह  घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले करारमा कार्यरत सिंहलाई मङ्गलबार दिउँसो ५० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक राजिव श्रेष्ठको कमाण्डमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो।

सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए। 

ban bigyapan