काठमाडौं, १४ चैत। गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै गिरफ्तार गरेको छ। 

एमाले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र कांग्रेस नेता लेखकलाई भक्तपुरकै कटुन्जेस्थित घरबाट पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर पुर्‍याइएको हो। 

अहिले ओलीलाई मेडिकल जाँचका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

ओली–लेखक पक्राउलाई प्रतिशोधपूर्ण भन्दै एमाले नेताहरुले यस विषमा निर्णयलिन पार्टी हेडकक्वार च्यासलमा जम्मा भएका छन्।