सिराहा, १२ चैत। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका ३ बलान पुलनजीक सिरहा सप्तरीको सीमाना नजिकबाट संयुक्त प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेका ४२ वर्षिय गणेश कुमार चौधरीलाई ४६ ग्राम ३४ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।
मोटरसाइकलमा लागुऔषध लिएर गईरहेको छ भन्ने विशेष सुचनाको आधार इलाका प्रहरी कार्यालय लहान र लागु औषध नियन्त्रण ब्युरो गोलबजार शाखाका संयुक्त टोलिले प्लाष्टिकसहित ४६ ग्राम ३४ मिलिग्राम ब्राउनसुगरसहित चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
सूचना पाएर पुगेका प्रहरीले लहानबाट सप्तरी तर्फ गईरहेको प्र. ०१ –०५–००२ प २०८७ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भाईजरमा कालो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा उक्त परिमाणको ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ।
प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएका उनलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको जनाएको छ।























