आशिष विश्वकर्मा
सिरहा, १२ चैत। सिरहाको नगरहा गाउँपालिका ३ का वडा अध्यक्षले आफ्नै सचिवलाई कुटपीट गरेको छ। वडा अध्यक्ष रुस्तम अन्सारीले वडा सचिव रामदेव मण्डललाई कार्यकक्षमै कुटपीट गरेका हो।
भारतीय मूलका नेपाली बुहारीको जन्म तिथी र जन्म प्रमानित सिफारिसमा फारक–फरक जम्न मिति सच्याउन अध्यक्षले दिएको दवाव नमाने पछि आफूमाथि कुटपीट गरेको सचिव मण्लले जानकारी दिए। उनले भने, ‘एक जना भारतीय बुहारी भएको सेवाग्राही विवाह दर्ता गराउन आउनु भएको थियो, उहाँको जन्म दर्ता र सिफारिसमा जन्म तिथी फरक भएकोले मैले उतैबाट सच्याएर ल्याउन भने, वडा अध्यक्षले तपाई नै सच्याउनुस भन्ने दवाव दिए। मैले सच्याउन मिल्दैन, उतैबाट सच्याएर ल्याउनु पर्छ भनेपछि महाथि कुर्सि प्रहार गरे र हातपात समेत गरे।’
‘भातीय काजगातमा मैले सच्याउन मिल्दैन, उतैबाट सच्याएर ल्याउनु पर्छ भन्दै थिएँ, अध्यक्षले एक्कासी म माथि कुर्सि उच्चालेर बजारे र सँगै मुक्का पनि वर्षाए। मैले राम्रोसँग बोल्न पनि पाइन।’
उनले अहिले आफू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई घटनाबारे जानकारी गराउन आएको जानकारी दिए। उनले भने, ‘म अहिले गाउँपालिका कार्यालयमा आएको छु, प्रमुखलाई घटनाबारे जानकारी गराएको छु। कस्तो रेसपोन्स आउँछ त्यसपछि के गर्ने भन्ने विषयमा सोच्ने छु।’
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्णलाई यसवारे जिज्ञासा राख्दा उनले घटनाबारे बुझ्ने प्रयास भईरहेको भन्दै घटनाको बुझिसकेपछि के गर्ने भन्ने विषयमा निर्णय लिने बताए। उनले भने, ‘म अहिले घटनाबारे बुझ्दै छु, त्यसपछि कसर अगाडी बड्ने भन्ने विषय होला।’
यता गाउँ पालिका अध्यक्ष रामप्रमोद यादवले भने आफूले घटनाकारे भएको भन्नेसम्म सुनेपनि बाहिर भएकाले विस्तृत जान्न नपाएको बताए। आफूलाई घटनाबारे पुरै जानकारी नभएकोले तत्काल केही भन्न नसकिने बताए।
वडा अध्यक्ष अन्सारीले भने आफू अहिले गाउँपालिकामै बैठकमा भएकाले बैठकपछिमात्र यस विषयमा केही बताउने बताए।























