सिरहा, १२ चैत। सिरहाको गोलबजारबाट एक व्यापारी पछिल्लो तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। गत मंगलबार १० गते विहान घरबाट लहान जान्छु भनेर हिडेका गोलबजार नगरपालिका ४ का व्यसायी रामनारायण साह सम्पर्क विहिन भएका हुन्।
घरबाट लहान जान्छु भनेर हिडेका साहले करिव १ बजे घरमा छोरीलाई फोन गरेर मोवाईलमा एक सय रुपैयाँ रिचार्ज हाल्न भनेका थिए। त्यसको केहीवेरका कर्मचारीले उनको फोन स्वीच अफ बताइएको थियो। त्यसपछि अहिलेसम्म सम्पर्कमा नआको पारीवारीक स्रोतले जनाएको छ।
साह गोलबजारस्थित जेम्स इस्कूलका संस्थापक तथा प्रिन्सिपल र नेहा मनी ट्रन्सफरका सञ्चालक समेते हुन्।
प्रायः मोटरसाइकलमा हिड्ने उनी त्यसदिन बसमा लहान जानेभनेर घरबाट निस्केका थिए। तर उनी सोही दिन ११ बजे सिरहाको बसमा चढेर सिरहा तर्फ गएको बताइन्छ। उनको फोनको अन्तिम लोकेशन भने धनुषाको खजौलि क्षेत्रमा अन्तिमपटक देखिएको प्रहरी स्रोतले बताएको छ।
उनी व्यसायी भएकाले लेनदेनका विषयमा केही समस्याहरुसमेत रहेको पारीवारीक स्रोतले जनाएको छ। पछिल्लो केहीदिनदेखि बुबा कसैसँग चर्को स्वरमा कुराकानी गर्नेगरेको सुनिएको उनकी छोरी नेहाँ साहले बताए। उनले भने, ‘कसैले मनि ट्रान्सफरबाट लगिसकेको विषयमा विवाद हुने गरेको सुनेको थिएँ। तर, उनी को हुन भन्ने विषयमा हामीलाई जानकारी छैन। बुबा आफै कुरागर्नु हुन्थ्यो।’
सोही दिन दुई जना हिन्दि लवजमा कुरागर्ने युवकहरुले विद्यालयबाट बुवाको नम्वर माँगेर लगेको पनि छोरी न्याहाँले बताए। उनले फोनबाट धम्की मार्नेसम्मको धाकधम्की दिने, फोन नम्वर माँगेलर लाने र पछि बुबा अचानक हराउनुले परिवारमा चिन्ता बढेको बताए।
नेहाले आफ्नो आफन्त र नजिककाहरुमा पनि सोध खोज गरिसकिएको बताए।
प्रहरीले खोज तलास र घटनाका विषयमा अनुसन्धान भईरहेको जनाएको छ। प्रहरीले सवैपाटोबाट अनुसन्धान भईरहेको बताएको छ।






















