सिरहा, ४ चैत। गुडिरहेको स्कुल बसबाट खस्दा उदयपुरमा एक विद्यार्थीको मृत्यु भएको छ। वेलका नगरपालिका ४ भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको वेलका बोर्डिङ स्कुलको बसबाट खस्दा वेलका नगरपालिका ४ कै ९ वर्षीय सफल बस्नेतको मृत्यु भएको हो।
जिल्ला प्रहरीले कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको टोलीले बालकको शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।
साथै बस चालक वेलका नगरपालिका ८ का ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















