सिरहा, ३ चैत। सिरहाबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ११ हजार ३७ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षामा साधारणधार तर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फका ४१२ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेको हो।
परीक्षामा साधारणतर्फको नियमित ९ हजार ८१२, गे्रडविद्धिकालागि ८१३ तथा प्राविधिक धारतर्फका नियमित ३६५ र ग्रेडव्रिद्धीकालागि ४७ छात्र–छात्रा परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जानकारी दिएको छ।
परीक्षामा सहभागी विद्यार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्। परीक्षा सञ्चालनका लागि ५१ वटा परीक्षा केन्द्र तोकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा यहि चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ।























