सिरहा, १ चैत। सुर्खेतका इनिशा विश्वकर्मा हत्या र रौतहटमा दलित समुदायमाथि भएको सामुहिक कुटपीट घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कार्वाहीको माँग गर्दै सिरहामा विरोध प्रदर्शन भएको छ। दलित विकश मञ्चको आयोजना र विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा आज सिरहाको गोलबजारमा हत्या तथा कुटपीट घटनामा संलग्नहरुलाई कर्वाहीको माँग गर्दै विरोध प्रदर्शन भएको हो।

प्रदर्शनपछि गोलबजारको गोलचक्करमा भएको कोणसभाका बक्ताहरुले दिनदिनै छोरीहरु असुरक्षित भएको प्रति चिन्ता व्यक्त गरे। उनीहरुले विद्यालय गएकी छोरी सकुशल घर आउने हो की हौइन भन्ने चिन्ता हुने गरेको बताए।
उनीहरुले राज्यका अङ्गहरुको महिलाप्रतिको उचित दृष्टिकोण नभएकै कारण महिला त्यसमा पनि दलित महिलाहरु जोखिममा परेको जिकिर गरे। उनीहरुले भने, ‘कानुनी राज्य, इमान्दार प्रशासन र जिम्मेवार जनप्रतिनिधी भनएकै कारण महिलाहरुको दिनदिनै हत्या घटना बढिरहेको छ। अव सरकारले महिलाले स्वतन्त्र पूर्वक बाच्न वाउने अधिकारको ग्यारेन्टी गर्नु पर्छ।’
सोही क्रममा उनीहरुले दलित महिलामाथि निरन्तर भईरहेको बलात्कार र हत्या घटनाप्रति चिन्ता र रोश प्रकट गरे। बक्ताहरुले यसप्रति राज्य गम्भिर हुनुपर्नेमा जोड दिए।
कोणसभामा दलित विकास मञ्चका कार्यकारी निर्देशक संजय महरा, दलित अगुवा तथा समाजसेवी शिवकुमार महरा, दलित महिला केन्द्र (सीडीडब्लुएन)का रिता रजक र मुक्ति नेपालका दासले मन्तव्य व्यक्त गरेका थिए।






















