सिरहा,  २५ फागुन। नेपाली काँग्रेस सिरहा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्वर १ ले निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै महासमिति सदस्य तथा पूर्व केन्द्रियसदस्यसहित  ११ जनालाई कार्वाही सिफारिस गरेको छ। यहि फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा सिरहा क्षेत्र नम्वर १ का आफ्ना उम्मेदवारको विरुद्ध लागेको भन्दै उनीहरुलाई कार्वाहीको लागि क्षेत्रीय समितिले केन्द्रिय अनुशासन समितिमा सिफारिस गरेको हो।

क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले पार्टीका महासमिति सदस्य तथा पूर्व केन्द्रियसदस्य पदम नारायण चौधरी, महासमितिहरु सन्तोष चौधरी, गौरीनरायण चौधरी, जिल्ला सदस्य रामगणेश दास, क्षेत्रीय सह–समिचव मुकेश महतो, क्षेत्रीय सदस्य  कन्हैया प्रसाद गूपता, बुथ सभापति  अम्वर राज विश्र, विनोद साह, क्षेत्रीय सदस्य गोपाल कृष्ण यादव, नेपाल थारु संघका अध्यक्ष अजय चौधरी र नेपाल लोकतानित्रक खेलकुद संघका अध्यक्ष आनन्द चौधरीलाई कार्वाही सिफारिस गरेको छ। 

क्षेत्रीय समितिले उनीहरुलाई नेपाली काँग्रेसको विधान १२१७ को संशोधिनसहित धारा ३४ को ४ ‘क’ बमोजिम निर्वाचनको समयमा पार्टीका उम्मेदवार विरुद्ध अन्य पार्टी (रास्वपा, जनमत र स्वतन्त्र उम्मेदवार)लाई सहयोग गरेकाले पार्टीको विभिन्न पदमा रहेका उक्तरोक्त व्यक्तिहरुलाई ५ वर्षको लागि साधारण सदस्य समेत नरहने गरी कार्वाही सिफारिस गरेको छ।                 

SIRA NEKA