काठमाडौं, २३ फागुन। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बैज्ञानिक महाबीर पुन निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी एकालेका उम्मेदवारलाई करिव १५ हजार मतले पछिपार्दै विजयी भएका हुन्।

पुन २२ हजार ८५० मत प्राप्त गर्दै विजयी हुँदा एमालेका श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्। 

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८३ र नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। 

जेन्जी सरकार शिक्षा मन्त्री भएका पुन मनोनयनको एक दिन अघि राजीनामा दिएर उम्मेदवारी दिएका थिए। उनले सानो समयको सरकामा रहेर केही गर्न नसक्ने भन्दै सांसदभएर शिक्षा क्षेत्रको सुधारमा कामगर्ने भन्दै निर्वाचनमा गएका थिए। यस पटकको निर्वाचनमा अहिलेसम्म  स्वतन्त्र उम्मेदवार विजयीहुने पहिलो उम्मेदवार हुन्।