सिरहा, २२ फागुन। सिरहा क्षेत्र नम्वर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अग्रता कायम गरेको छ। हासम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार तपेश्वर यादवले १ हजार ९५१ मत प्राप्त गरेका छन्। 

उनलाई नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का अजयशंकर नायकले  ७४८ मतसहित पछ्याई रहेका छन्।

जनमत पार्टीका वीरन्द्र प्रसाद महतोले ४१७ मत प्राप्तगर्दा, नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले ३५१, नेकपा एमालेका धर्मनाथ साहले २७९ मत र जसपाका राजकीशोर यादवले २७६ मत प्राप्त गरेका छन्।