झापा, २२ फागुन। सर्वाधिक चासोको साथ हेरिएको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले १० हजार  मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ४ हजार मत प्राप्त गरेका छन्। 

मतगणनाको पछिल्लो परिणाम अनुसार घण्टी चुनाव चिह्नमा १० हजार १९० मत प्राप्त गर्दा सूर्य चुनाव चिह्नमा एमाले अध्यक्ष ओलीले ४ हजार ८७ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ। 

श्रम संस्कृति पार्टीका समीर तामाङ्गले १३९ मत प्राप्त गर्दा नेकपाका रञ्जित तामाङ्गले ९० मत प्राप्त गरेका छन्।