सिरहा, २१ फागुन। सिरहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भएको छ। मतगणना स्थललाई तार–जालीले घेर्ने, सुरक्षा व्यवस्था मिलाउनेलगायतका काम सम्पन्न भएको हो।
मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले मतगणनाका लागि सम्पूर्ण तयार पूरा भएको बताए। मतपेटिका मतगणना स्थलमा प्राप्त भइसकेपछि विलम्ब नगरी सर्वदलीय बैठक, कानूनी प्रक्रियालगायतका काम सम्पन्न गरी मतगणना सुरु हुने उनले जनाए।
सर्वदलीय बैठकमा उम्मेदवारका प्रतिनिधिहरूको छलफलपछि कानुनी प्रक्रिया पुरा गरेर मतगणना गरिने छ, मुख्य निर्वाचन अधिकृत उप्रेतिले भने, ‘प्रकृयागत सबै काम सकाएर विलम्ब नगरी हामी मतगणना प्रक्रियामा प्रवेश गर्छौं, सवैक्षेत्रमा मतगणनाको लागि हामी तयारी अवस्थामा छौं।’
मतगणनाको लागि क्षेत्र नम्वर १ का लागि लहान नगरपालिकाको सभाहलमा, २ का लागि धनगढीमाई नगरपालिकाको कार्यालयमा, ३ का लागि सिरहास्थित चन्द्र माध्यमिक विद्यालय र ४ का लागि मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा मतगणना स्थल बनाइएको छ। जिल्लाका करिव ६५ प्रतिशत मतदान भएको छ।
अहिले मतगणनास्थलमा मतपेटिकाहरु आउन थालिसकेकोले सवै मतपेटिकाहरु आउनासथ प्रकृया अघि बढ्ने जनाएको छ। ११ बजेसम्ममा मत गणना प्रक्रिया सुरुहुने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। जसमध्ये २ लाख ४१ हजार ६१५ पुरुष, २ लाख १२ हजार २८ महिला र २ जना अन्य मतदता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।
सिराहाको चारवटा निर्वाचन क्षेत्रबाट विभिन्न सानाठुला दलका ५३ र स्वतन्त्र ८५ गरी १३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनमा विभिन्न दलबाट ३ र ५ स्वतन्त्र गरी आठजना महिला उम्मेदवार छन्।
निर्वाचनका लागि जिल्लामा २ अस्थायीसहित २२५ मतदान स्थाल र ५३७ त्दान केन्द्र स्थापना गरिएको थियो।





















