सांकेतिक फोटो।

बर्दिवास, १९ फागुन। धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्रराजमार्गको मिथिला नगरपालिका ९ बडहरीस्थित बडहरी पुलमाथि बम विस्फोट हुँदा मिथिला ८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका हुन्।

विस्फोटमा घाइते भएका दुवै बालबालिकाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचनाअधिकारी डीएसपी गणेशबहादुर बमले जानकारी दिए। विस्फोट भएको बस्तु के थियो भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

यस्तै, महोत्तरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। धनुषा र महोत्तरीको सीमानामा पर्ने रातु नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

 शंकास्पद वस्तु फेला परेको स्थानमामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गरेका छन्।