तस्विरमा देखिएको सिरहा नगरपालिका १५ सुखचैना पर्साही धानुकटोमा रहेको दलित दीप आधारभुत विद्यालय हो। यहाँ देखिएको भवन भत्केको वर्षदिन वितिसक्दापनि यसको मर्मत हुन सकेन। भत्केकै भवनको चिसो भुईमा बोरा ओछ्याएर यहाँ दलित गरिवका करिव २०–२५ जना बच्चाहरु नियमित पढ्न आउने स्थानीयको भनाई छ। यो विद्यालयमा भवनसँगै पीउने पानी, शौचालयको छैन।

विकासको बात बरबराएर नथाक्ने नेताको नजरमा यो विद्यालय पर्दैन। सिरहा सदरमुकाम रहेको पालिकामा अवस्थित यो विद्यालय अहिले निर्वाचन क्षेत्र नम्वर ३  मा पर्छ। 

siraha 15 (9)bbf7962d-f422-46a9-8af5-a6868c0af836