सिरहा, १८ फागुन। इरानी आक्रमणबाट यूएईमा मृत्युहुने गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। नेपाली राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ। उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए।
श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ।
घटनासँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।






















