लहान,, १८ फागुन। सिरहामा बस र मोटरसाइकल आपसमा ठोकींदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन्। 

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको गोलबजार नगरापलिका ३ जमनटोकी नजीक आईतबार राती यात्रुवहाक बस र मोटरसाइकल आपसमा ठोकिंदा जिल्लाकै धनगढीमाई नगरपालिका ८ का ३७ वर्षिय सन्तोष महतो र २० वर्षिय अमन रायको मृत्यु भएको हो। दुर्घटनामा परी १७ वर्षिय धिरज मण्डल सख्त घाइते भएका छन्। 

गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स. ५ प. ४७५९ नम्वरको मोटरसाइकल र धरानबाट भैरहवा तर्फ जाँदै गरेको लु. २ ख १०८५ नम्वरको बस आपसमा ठोकिएर घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए। उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।

घाइते मण्डलको को विराटनगरमा उपचार भईरहेको छ। शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ। 

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।