सिरहा, १६ फागुन। निर्वाचनको समय नजिकिँदै गर्दा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) सिरहा क्षेत्र नम्वर ३ मा मोटरसाइकल र्याली गरेको छ। प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिएर चुनावी माहौल तयार पार्न पार्टीले मोटरसाइकल र्यालिको आयोजना गरेको जनाएको छ।

प्रतिनिधीसभा सदस्य सिरहा क्षेत्र नम्वर ३ का नेकपा उम्मेदवार विश्वनाथ साहले सयौंको संख्यामा मोटरसाइकलमा झण्डा बाधेंर निर्वाचनक्षेत्र अन्तर्गत गोलबजारबाट निस्केको र्याली महनौर, अर्नमा, हकपाडा, सन्हैठाहुँदै सिरहा सदरमुकाम पुगेर घरदैलोमा सामेल भएका थिए। उनीहरु नेकपाका उम्मेदवारलाई जिताउन आफूहरु र्यालिमा सहभागी भएको जनाएका थिए।
र्यालिमा सहभागीहरुले आफूहरु स्वेच्छाले पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन आएको बताएका छन्। र्यालिमा आएका कार्यकर्ता, मतदाताहरु सिरहा सदरमुकामको चुनावी घरदैलो कार्यक्रमा सहभागी भएका थिए।






















