सिरहा, १२ फागुन। नेकपा एमाले परित्याग गरेका गोलबजार नगरपालिका १ की जानकीदेवी राम नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। २०७४ मा नेकपा एमालेबाट सामानुपातिक सांसद वनेका रामलाई एक समारोह बिच पार्टीका केन्द्रिय सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्वर ३ का उम्मेदवार विश्वनाथ साहले खादामाला लगाए स्वागत गरेका हुन्।  

राम लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनीसहितका एमालेका नेता कार्यकर्ताले नेतृत्वको स्वेच्छाचारी प्रवृतिका कारण पार्टीमाबस्न नसकिने भन्दै १० दिनपहिला पार्टी परित्याग गरेका थिए।

उनीसँगै एमाले पार्टी परित्याग गरेका अर्का सांसद सम्झना थपलिया भने दुई दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। उनी २०७९ को निर्वाचनमा सामानुपातिक तर्फबाट सांसद भएका थिए।