सिरहा, ८ माघ। सिरहा प्रहरीले स्रोत नखुलेको १४ लाख रकमसहित एक युवकलाई प्रहरीले नियन्त्रयामा लिएको छ। पूर्वपश्चिम हुलाकीराजमार्ग अन्तर्गत औरही गाउँपालिका ५ बाट प्रहरीले १ शजार दरको १४ सय वटा नोटसहित जिल्लाकै बरियारपट्टी गाउँपालिका ३ शिवनरका २१ वर्षिय संजित कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बरियारपट्टीबाट औरही तर्फ गईरेको स.१० प ४०५ नम्वरको मोटरसाइकलमा सवार यादवमाथि शंकालागि चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजिमा लुकाई राखेको स्रोत नखुलेको १४ लाख नगद र १ थान मोमाईल फोला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश वहादुर पालले जानकारी दिए।
नियन्त्रणमा लिएको यादवलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा रखिएको छ। सीमाक्षेत्रका व्यसायीहरुले नेपाली ग्राहकबाट भएको कारोबाट प्राप्त रकम नेपाली बैंकमा ल्याएको हुन सक्ने स्थानीय एक व्यसायीहले बताए।




















