सिरहा, ६ फागुन। कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

परीक्षा तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि  सुरु हुने परीक्षा वैशाख २७ गते सकिने छ।

पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ। वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ।

यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि हो। परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरु सहभागी हुन पाउने छन्।

12-Class-exam 2082