सिरहा, ३ फागुन। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। भोलि सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो। 

निगमले पेट्रोल लिटरमा १ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ बढाइएको निगमले जनाएको छ। 

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ। 

त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ। 

oill nigam