ज्ञान कुमार राय
सिरहा, ३ फागुन। कल्याणपुर नगरपालिका ५ स्थित माध्यमिक विद्यालय चिक्ना भोक्राहमा ६ वर्ष पहिला निर्माण सुरुगरेको भवन अझै अलपत्र छ। प्रदेश सरकारको अनुदान सहयोगमा निर्माण थालिएको विद्यालय भवन अझै अधुरै रहेको हो।
लामो समयसम्म विदालय भवन अधुरो रहँदा इटामा लेउ लाग्ने, झाडी पलाउने गरेको छ। छडहरु पनि विझाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर यादवले बताए। उनले निर्माण थालेको लामोसमयसम्म भवन निर्माण पुरानहुँदा भत्किने, छडहरु विझाउने र भवनमा झारपात उम्रिएर झाडी भएको छ। विद्यायले आफैले बनाउन सक्दैन, प्रदेशले पुनः बजेट नै दिएन। त्यसै अलपत्र अवस्थामा छ।

विद्यालय भवन निर्माणको लागि प्रदेश सरकारबाट आर्थिक वर्ष २०७७÷०७८ प्राप्त २५ लाख रकममा नेताहरुका ‘जुङ्गा’को लडाईले अलपत्र अवस्थामा परेको भवन निर्माण उपभोक्ता समितिका एक अध्यक्ष राजेदव यादवले बताए। उनले भने, ‘एउटा भवन निर्माणको लागि प्रदेश सरकारबाट २५ लाख प्राप्त भएर मैले निर्माण सुरुगरेको थिएँ। तर, तत्कालिन वडा अध्यक्ष दिपेन्द्र वरवरियाले अर्को उपभोक्ता समिति गठन गरेर काम गरएकाले काम अधुरो रहेको हो।’
उनका अनुसार उपभोक्ता समिति गठन गरेर काम सुरुभईसकेपछि वडा अध्यक्षले बुधन यादव अध्यक्ष रहेको अर्कोपनि उपभोक्ता समिति बनाएर काम गरेकाले बजेट अपुग भएकाले काम अधुरो रहन गएको हो। त्यसपछि प्रदेश र पालिकाले पनि यसमा बजेट छुट्याएको छैन।
बुधन यादव भने हामीले पनि आफैले पहिला पूर्वाधार विकास कार्यालय सिरहाबाट कार्यादेश ल्याएर काम सुरुगरेको दावी गरे।
पछिल्लो ६ वर्षदेखि भवन अधुरो रहेपनि यसमा संघ, प्रदश र स्थानीय सरकार कसैले पनि भवन पुरागर्न बजेट नदिएको विद्यालयका प्रधानाध्यापक राजकुमार साहले बताए। उनले भने, ‘मैले पटक पटक नगरपालिकामा अधुरो भवन निर्माणको विषयमा जानकारी गराएपनि कुनै सुनुवाई नभएको छैन। गत आर्थिक वर्षमा वडाले एउटामा बाल लगाउने काम गरेपनि पुरा हुन सकेको छैन।’
वडा अध्यक्ष कुलदिप यादवले पनि नगरले विद्यालयको अधुरो भवन निर्माणमा चासो नदेखाएको स्वीकार गरे। उनले भने, ‘पालिकाले चाँसो देखाएन। व्डामा पनि एकैपटक यो भवन निर्माण गर्ने बजेट हुँदैन। त्यसैले गत बर्ष वाल लाउने काम भएको छ। यस वर्षपनि थोरै बजेट छुट्याएका छौं। एउटा भवन पुरा हुन्छ होला।’
विद्यालयसँग प्रयाप्त कक्षा कोठा र शिक्षक नहुँदा एउटै कक्षाकोठामा दुई दुई कक्षाका विद्यार्थीहरु राखेर पढाउने गरेको प्रअ साहले जानकारी दिए। उनले भने, ‘विद्यालयमा प्रयाप्त कक्ष कोठा छैन, त्यसैले हामीले फरक फरक कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउने गरेका छौं।’



















