सर्लाही, २ फागुन। जनता समाजवादी पार्टी(जसपा),नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन्। जसपाका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेताहरु मनिष मिश्र र केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू शनिबार कांग्रेसमा समाहित भएका हुन्।
सर्लाहीमा चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवम् सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरे। थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ।






















