सिरहा, २ फागुन। नेकपा एमले सिरहाका २ पूर्व सांसदसहित ५ दर्जनबढी नेता कार्यकर्ताले आज पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सिरहाको गोलबजारमा शनिवार अपरान्ह पत्रकार सम्मेलनगरी उनीहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन्। 

पार्टी परित्याग गर्नेहरुमा पूर्व सांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिय, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह,  नगर कमिटी सदस्य लक्षमण यादव, गोलबजार ९ नम्वर वडा कमिटी सदस्य बिरेन्द्र कुमार सिंहले आज पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्। 

पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धती र सिद्धान्तबाट विचलित तथा आन्तरिक लोकतन्त्रको क्षयिकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरु पार्टी परित्गाग गर्न बाध्य भएको विज्ञप्तीमा उल्लेख गरेको छ। 

‘पार्टीलाई सही मार्गमा ल्याउन सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदासमेत नेतृत्व तहबाट कुनै सुनुवाई नहुनु, इमान्दार कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने प्रवृति मौलाउनु र विचारभन्दा व्यक्तिको वर्चस्व हामी हुनुजस्ता काराणले हामी बाध्यात्मक परिस्थितिमा पुगेका छौं।’ निर्वतमा सांसद सम्झना थपलियाले बाचन गरेको विज्ञप्तीमा उल्लेख भएको छ। 

उनीहरुले नेतृत्व भनेर सम्वोधन गरिएका नेकपा एमालेका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक लिलानाथ श्रेष्ठ हुन्। उनी अहिले सिरहा क्षेत्र नम्वर ३ का एमालेबाट प्रतिनिधीसभाका उम्मेद्वार समेत हुन्। उनको स्वेच्छाचारी प्रवृतिले आजित भएर आफूहरु पार्टीमा बस्नै नसक्ने अवस्था रहेको बताए। 

उनीहरुले राजनीतिको उद्यश्य पद र शक्ति होइन, जनताको हित, सुशासन र नैतिकता हो।  पार्र्टीभत्र देखिएका विकृतिले आम जनतामा जन्यायको अनुभूति गराएको यथार्थलाई नेतृत्वले गभ्म्भीर रुपमा आत्मसात गर्नेछ भन्ने अपेक्षा राख्दै, हामी अव स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा अगाठी बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, आजै गोलबजार नगारपालिका १० का वडा संयोगकसहित धर्मपुर गाउँका ४ दर्जनबढी नेता कार्यकर्ताले  पनि पार्टी परित्याग गरेको घोषणा गरेको छ। उनीहरुले पनि नेतृत्वको एकात्मक कार्यशैलिन, कुशासन र नयाँलाई भित्र्याएर पुराना कार्यकर्तालाई पाखालगाउने प्रवृतिले पार्टीमा रहिरनुको औचित्य नरहेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। 

यस अघिपनि नेतृत्वप्रति असन्तुटि जनाउँदै दर्जनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए।