मिर्चैया, १ फागुन। सिरहाको मिर्चैया प्रहरीले करिव ४९ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। मिर्चैया नगरपालिका ६ कटारी चोकबाट ब्राउनसुगर जस्तो देखिने ४८ ग्राम ५ सय ८० मिलिग्रामसहित भारत बिहार राज्य सिपवल समनपुर ग्राम बिरपुर थानाका २१ वर्षीय मोहमद नजरूल मियाँलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  बताएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।