बर्दिवास, २९ माघ। महोत्तरीको मटिहानी नगरपालिका ४ मझौरा गाउँमा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ। आज अपरान्ह ज.१ त ९७८२ नम्बरको ट्याक्टरमा बसाएर स्थानीय गरिब आलमको खेत जोतिरहेका बेला अचानक दुवै बालिका खसेर रोटाभेरमा पर्दा मृत्यु भएको हो।

रोटाभेटरले काटेर स्थानीय इमरान राइनकी छोरी ७ वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी ८ वर्षीया रफियाखातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए।

बालिकाहरु रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी भट्टले बताए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।