काठमाडौं, २८ माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू प्रधानमन्त्री बनेमा बनाउने नागरिकमैत्री सरकारको प्रतिबद्धता सार्वजनिक गरेका छन्। 

पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका सभापति थापाले बुधबार बिहान भिडिओ सन्देश जारी गर्दै नागरिकले तुरुन्त सेवा पाउने खालको सरकार बनाउने सोच रहेको बताएका हुन्।   

‘नागरिकहरू सरकारको ढोकामा जानै नपरोस् सेवा लिनका लागि। सरकारको ढोकामा जानैपर्नेछ भने पनि एकपटकभन्दा बढी जान नपरोस्। र, गएर आउँदैगर्दा धिक्कार सरकार भनेर होइन, थ्यांक्यु सरकार भनेर आउने अवस्था सिर्जना गर्न सकियोस्। यसका लागि हामीले कानुनहरू के के बनाउनुपर्छ? के के बदल्नुपर्छ? अहिले भइरहेका संस्था कुन हटाउनुपर्छ? कुन थप्नुपर्छ? कसलाई मर्ज गर्नुपर्छ? विभिन्न तहका सरकारबिच समन्वय कसरी गर्नुपर्छ? पहिलो काम के गर्ने, दोस्रो काम के गर्ने? सबैका बारेमा डिटेल हामीले वर्कआउट गरेका छौँ’, यसपटक सर्लाही-४ मा उम्मेदवार उनले भनेका छन्, ‘हामी यो गर्न सक्छौँ। यो गरिरहँदा के सोचेका छौँ भने जब हामी सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन सक्छौँ।...नागरिकहरूले सेवा प्राप्त गर्ने भनेको हैरानीको कुरा होइन। सरकारले सेवा दिने भन्ने कुरा उसको डिउटीको कुरा हो भन्ने सोचाइका साथ नागरिकहरूले सेवा पाउने कुरा सुनिश्चित गर्न सकिन्छ। यो हो हाम्रो सोचाइको नागरिकमैत्री सरकार।’    

यस्तो छ गगनको पूरा भिडिओ भनाइ-

(नेपालखवरबाट)