सिरहा, २७ माघ। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचारको विरुद्ध कठोर कदम उठाउने बताएका छन्। सिरहोको गोलबजारमा आज आयोजितस्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उनले अवको पाँच वर्ष नेपाली काँग्रेसले भ्रष्टाचार विरुद्धको अभियान नै चलाउने बताए।
सभापति थापाले नेपाललाई महारोग लागेको बताउँदै अवको ५ बर्ष त्यसको उपचारमा लागाउने बताए। उनेभने, ‘नेपालमा लागेको महारोगको उपचार गर्नु पर्ने छ। त्यो महारोग भनेको नेपालको भ्रष्टाचार हो। यो भ्रष्टाचारलाई जरैबाट समाप्त पार्न एउटा जिहाद चाहिएको छ, एउटा संग्राम चाहिएको छ, नेपाली काँग्रेसले त्यसको नेतृत्व गर्छ।’
नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै सभापति थापाले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुने बताए। ‘नागरिक रिसाएका छन् किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्, नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ। त्यसैले आफ्नो बारेमा नसोची नागरिकहरूले के भन्न खोजिरहेका छन्, भन्ने बुझ्ने प्रयास गरौँ। अनि जनतामा आशा जगाउन सकिन्छ।’
उनले अव नेपाली काँग्रेसलाई भ्रष्टाचार गर्ने छुट छैन, त्यसको अभियान हामी टाउकोबाट सुरुगर्ने प्रतिबद्धता जनाए।
नयाँ पार्टीको सन्दर्भ उठाउँदै सभापति थापाले भने, ‘माघ १ गते जुन पार्टी नयाँ नेतृत्व र योजनासहित आएको छ, त्यहि पार्टी नयाँ हो। त्यसैले नेपाली काँग्रेस अहिलेको सन्दर्भमा विचार, सिद्धान्त र नेतृत्व सवहिसावले नयाँ हो।’
उनले नेपाली काँग्रेस यो पटकको चुनावमा घोषणापत्र नल्याउने भन्दै उनले प्रतिबद्धता पत्र ल्याएने बताए। उनले भने, ‘यो चुनावमा नेपाली काँगे्रेसले घोषणापत्र ल्याउँदैन, प्रतिबद्धतापत्र लिएर आउँछ। प्रत्यक महिना के गर्ने भन्छ, अर्को महिना भनेका के के काम पुराभए, त्यसको जनस्तरमा समिक्षा गर्छ र अर्को एकमहिनाको योजना बनाएर काम गर्छ।’
सोही क्रममा उनले अव किसानले मल पाएन, विरामी उपचार पाउन सकेन र जनता ठगिने अवस्थाको नेपाली काँग्रेसले अन्य गर्ने बाताए। एनले भने, ‘ति सव काम म एक्लेले गर्ने होइन्, त्यसको लागि एउटा टिमको आवशयकता पर्छ। त्यसको लागि नेपाली काँग्रेसका उम्मेदवार साथीहरुलाई संसदमा पुर्याउने आम जनताको काम हो। तपाईंहरुले जिताएर पठाउनु पर्छ।’
स्वागत कार्यक्रममा समयभन्दा ३ घण्टा ढिलो आईपुगेका थापाले आफूले सोचेको भन्दा पफरक खालको साथीहरुले कार्यक्रमको आयोजना गरेकोले समयमा पुग्न नसकिएको बताए।




















