सिरहा, २७ माघ। सिरहा कागारकारमा हितयार बरामदपछि नियन्त्रणमा लिएर हिरासतमा राखेका १३ जनालाई कारागारमै फिर्ता बोलाउनेमाँगगर्दै भएको प्रदर्शन अझै रोकीएको छैन। सुरक्षा समितिाले सोमबार गरेको सर्च अपरेशनको क्रममा गोली र कटुवा पेस्तासहितको घरेलु हतियार बरामदपछि स्वघोषित नाईकेसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। उनीहरुलाई कारागारमै फिर्ता गराउ कैदिवन्दिले गरेको प्रदर्शन रातभरी रोकीएको छैन।
रातभर कारागार असान्त रहेपछि अहिले सुरक्षा समितिको बैठक बस्दै गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहका डिएसपी रमेश बहादुर पालले प्रदर्शन मथर पार्न प्रहरीले पानीको फोहोर लगाएपनि कारागारभित्रको प्रदर्शन नरोकीएको जनाए। उनले ‘प्रदर्शन रोकीएको छैन, त्यसलाई नियन्त्रण गर्न अहिले सुरक्षा समितिको बैठक बसेको छ। कारागार सुरक्षाका लागि अहिले थप १५० सुरक्षाकर्मी परिचालन गरिएको छ।’
कारागारमा अप्रिय घटना हुनसक्ने सुचनाको आधारमा सोमबार पुगेका सुरक्षा समितिाले गरेको सर्चअप्रेशनको क्रममा पेस्तोल र त्यसमा गोलीसहित काठमा काँटी ठोकिएको लाठी, बाँसका लाठी, दाउजस्ता घरेलु हतियार बरामद भएको थियो।
हतियार बरामदको घटनापछि स्वघोषित नाइके इन्द्रजीत यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनीहरुलाई अन्यत्र कारागारमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
जिल्ला अधिकारी पौडेलले इन्द्रजितसहितले आईतबार १० जना कैदि बन्दिलाई नियन्त्रणमा लिएर कुटपीट गरेर बाहिर निकालेका थिए। उनले भने, ‘यादवले अघोषित रुपमा कारागार कब्जामा लिएको र त्यहाँहुने आन्तरिक प्रशासन न्युक्तिमासमेत प्रभाव पार्दै आएको थियो।
सिरहा कारागारमा १५० जना राख्ने क्षमता भएपनि करिव ४५० कैदिबन्दी राख्दै आएको छ।
कतियार कारागारमा कसिरी पस्यो भन्ने विषयमा केही बताइएको छैन।





















