सिरहा, २६ माघ। सिरहा कारागारबाट जिल्ला सुरक्षा समितिाले सोमबार गरेको सर्च अपरेशनको क्रममा एक थान कटुवा पेस्तो र त्यसमा लाग्ने दुई थान गोलीसहित घरेलु हतियार बरामद भएको छ। कारागारमा अप्रिय घटना हुनसक्ने सुचनाको आधारमा पुगेका सुरक्षा समितिाले गरेको सर्चअप्रेशनको क्रममा पेस्तोल र त्यसमा गोलीसहित काठमा काँटी ठोकिएको लाठी, बाँसका लाठी, दाउजस्ता घरेलु हतियार बरामद हो। 
हतियार बरामदको घटनापछि स्वघोषित नाइके इन्द्रजीत यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनीहरुलाई अन्यत्र कारागारमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।  
उनले हिजो इन्द्रजितसहितले १० जना कैदिलाई नियन्त्रणमा लिएर कुटपीट गरेर बाहिर निकालेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनले भने, ‘यादवले अघोषित रुपमा कारागार कब्जामा लिएको र त्यहाँहुने आन्तरिक प्रशासन न्युक्तिमासमेत प्रभाव पार्दै आएको थियो। हिजोको घटनापछि हाजहामी पुग्दा पेस्तोलसहितका घरेलुहतियारहरु फेला परेको हो।’
प्रहरीको कडा नियन्त्रणका बिच कारागारभित्र हतियार र गोली कसरी पुग्यो भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीले यादवले लामोसमयदेखि कारागार कब्जाको अवस्थामा रखेकाले यसै भन्न नसकिने बताए। यस अघिपनि काराघारभित्र प्रतिवन्धित लागुपदार्थ, चुरोट, खैनिजस्ता पदार्थ भित्रिने गरेको पाइएको थियो। 
उनीहरुले कारागारमा आफूलाई स्वघोषित नाईके बनाएर कारागारमा उपद्रब मचाउन खोज्ने, गु्रपिङ्ग गर्ने गरेको सूचना पाएर पुगेका सुरक्षा समितिले हतियार नै बरामद भएपछि नियन्त्रणमा लिएको बताइएको छ। 
यादवसहितका समूहलाई कारागारबाट निकालीएपछि कैदिवब्दीहरुले फिर्ताको माँग गर्दै प्रदर्शन गरेका थिए।