सिरहा, २४ माघ। सिरहामा स्थानीय तहका जनप्रतिनिधिले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ। लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले सरकारी गाडी प्रयोग गरी आफ्नो पार्टीका उम्मेदवारको पक्षमा चुनावी प्रचार–प्रसार तथा मत माग्ने कार्यमा संल्न भएको पाइएको हो।
लहान नगरपालिका मेयर चौधरी स. १ झ ५१० नम्बरको सरकारी गाडी प्रयो गरेर चुनावी सभामा सहभागी हुन पुगेका थिए। निर्वाचन आचार संहिताले चुनावी प्रचार कार्यमा सरकारी सवारीसाधान प्रयोगमा रोक लगाएको छ।
त्यसैगरी, लक्ष्मीपुर पतारी गाउँपालिकाको स.१ झ ५०६ नम्बरको सरकारी गाडी प्रयोग गरी लक्ष्मीपुर पतारी गाउँपालिका ५ मा आयोजित चुनावी प्रचार–प्रसार कार्यक्रमको मञ्चमा पुगेका थिए।
निर्वाचन आचारसंहिताको परिच्छेद ३ ५ (क) को (४) स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले आफू बाहहाल रहेको स्थानीयत तह बारहेका अन्य स्थानीय तहमा सम्बन्धित राजनीकि दलको निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्ने भनिभएपनि लक्ष्मीपुरपतारी गाउँ पालिकाका अध्यक्ष ठाकुर आफ्नै पालिकामा नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार कार्यमा सरिक भएका हुन्।
लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी सरकारी सवारीसाधन प्रयोग गरेर नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेको एक स्थानीय जानकारी दिए।
फेरि पार्टीको प्रचार–प्रसारमा सहभागी भएको विषयमा सोधिएको प्रश्नमा नगर प्रमुख चौधरीले, पार्टीको प्रचार होइन, मेयरको काम थियो, गए भनेर जवाफ दिएका छन्। तर कार्यक्रममा उनले पार्टीका उम्मेदवारको पक्षमा मत मागिरहेको दृश्य सार्वजनिक भएका तस्बिरहरु सार्वजनिक भएको छ।
यस विषयमा अनलाइन खबरकर्मीले नगर प्रमुख चौधरीसँग सरकारी गाडी प्रयोग गरी उम्मेदवारको पक्षमा प्रचार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दा उनले, मेयर सरकारी गाडी नचढेर कुन गाडी चढेर जान्छ? भन्ने जवाफ दिए। आचारसंहिता विपरीत होइन भन्ने प्रश्नमा उनले, मन्त्री कार्यक्रम जाँदा सरकारी गाडी चढ्दैन र? भन्दै प्रति प्रश्न गरे।
यसै विषयमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरलाई सम्पर्क गर्दा वहाँको फोन उठेन।






















