सिरहा, २० माघ। सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित  एक महिला र दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले गोलबजार ४ बाट ३ ग्राम ९ सय ७० मिलिग्राम ब्राउनसुगरसहित सोमबार अपरान्ह धनगढीमाई नगरपालिका १० का २० वर्षीय राधे श्याम साह र सोही नगरपालिका ५ का २४ वर्षीय रितिक कुमार सिंहलाई पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ। 

त्यसैगरी, सिरहा नगरपालिका ७ ट्राफिक चौकबाट जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विहिवार बेलुका मिर्चैया नगारपालिका ५ की २७ वर्षिय मनिषा कुमारी मण्डललाई दुई ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

प्रदलयात्री मण्डललाई शंकालागि चेकजाँच गर्दा उनको साथमा उक्त परिमाणको लागु पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाा सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए। उनलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।