दमक, १९ माघ। झापामा कसलाई, कुन दल वा कुन निर्वाचन चिन्हमा मतदानगर्ने भनि सोधे प्रशासनले कार्वाही गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले आईतबार सूचना जारी गर्दै फेसबुक, युटयुव लगायत समाजिक सञ्जाल प्रयोग गरी कुन दल, उम्मेदवार वा निर्वाचन चिन्हमा मदतान गर्नुहुन्छ?  भन्ने प्रश्न सोध्नेलाई कार्वाही गर्ने भनेको हो। 

झापाका सहायक जिल्ला प्रमुख अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अन्जन न्यौपाने र तेज प्रकाश प्रसाईद्वारा संयुक्तरुपमा जारी सूचनामा फेसबुक, युटयुव लगायत समाजिक सञ्जाल प्रयोग गरी कुन दल, उम्मेदवार वा निर्वाचन चिन्हमा मदतान गर्नुहुन्छ? भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले यो कार्य निर्वाचन आचारसंहिता विपरित रहेको भन्दै नगर्न भनेको छ। 

सूचनामा उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसेबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहीको प्रकृया अघि बढाइने उल्लेख गरेको छ। 

झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ को उम्मेदवारीले सम्वेदनशिल मानिन्छ। त्यसैले पनि प्रशासनले मतदातालाई जोखिममा पार्नेखालका प्रश्न नसोध्न आग्रह गरका हुन्।

DPO_Jhapa_