काठमाडौं, १९ माघ।  त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ। भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वासरा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई घुस रकमसहित आईतबार पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट चारलाख ५३ हजार पाँचसय ५६ रुपैयाँ नगद र २३ थान मोबाइल सेट पनि बरामद गरिएको अख्तियारले जनाएको छ। 

कुरियर कम्पनीमार्फत् विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस माँग गरेको सूचना एवम् उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

कार्यालय सहयोगी पुडासैनीको कार्यक्षबाट १ लाख ४६ हजार र नासु रिजालको कार्यकक्षबाट २ लाख ६८ हजार २८८ रुपैयाँ नगद पनि अख्तियारले बरामद गरेको छ।