आशिष विश्वकर्मा

 सिरहा, १८ माघ। आगामी २१ फागुनमा हुने निर्वाचका लागि मनोनयन दर्ता भएसँगै सवै दल तथा तीनका उम्मेदवारहरु चुनाव आफ्नो पक्षमा पार्ने रणनीति वनाउन व्यस्त छन्। दलका नेता, अगुवा कार्यकतासँग चुनबी परिणामलाई आफ्नो पक्षमा बनाउन बैठक, छलफल र जनपरीचालनका योजना बनाउँदै छन्। निर्वाचन आचारसंहिता छल्दै गाउँ टोलमा पुगेर कार्यकर्ता मतदातालाई विकाशे आश्वासन बाँड्न थालिसकेका छन्। सवै क्षेत्रका उम्मेदवार जस्तै सिरहा ३ का उम्मेवारहरु पनि चुनावी रणनीति र प्रचार प्रसारमा जुटिरहदा यहाँका मतदाता भने आधारभुत आवश्यकता गाँस, बास र कपासकै पीरलोमा छन्।  

rb1

सिरहा क्षेत्र नम्वर ३ मै पर्ने गोलबजार नगरपालिका १२ हरिपुर बेतौना मुसहरीका ६० घर परिवार पानी, शौचालय जस्ता आधारभुत सुविधाबाट वर्षौदेखि बञ्चित छन्। उनीहरु चुनावभन्दा पनि शुद्ध पीउने पानी, घरसँगै शौचालय अड्याउन मिल्ने जमिन कसरी जोहो गर्ने चिन्तामा छन्। उनीहरु अहिले आईरनयुक्त दुषित पानी पिउन बाध्य छन्। लोकलाज पचाएरै यहाँका छोरी–बुहारी अर्काको खेत बारीमा शौचकालागि जान बिवस छन्।

उनीहरुले आफ्नै बलबुत्तामा चुलै अगाडी शौचालय र घरको बलेसीमै पानीको लागि चापाकल जडान गरेका थिए। टहरो अड्याउने जमिनसमेत नभएका यहाँका सदायको आँगनै भएर गएको गोलबजार–लगडीगदियानी सडक विस्तारका क्रममा पाँच वर्षअघि घर, शौचालय र पाचाकलहरु भत्काईए। त्यस पछि उनीहरु घर, शौचालय र पीउने पानी विहिनताको अवस्थामा छन्। धेरैले भत्केका घर सकार्न सकेका छैनन्। कतिपयले पानीको जोहोसमेत गर्न सकेका छैनन् भने जमिनै नभएपछि शौचालय बनाउने त कुरै भएन। 

गोलबजार नगरापलिकाले भने वर्षेनि पीउने पानी र सिंचाई बोर्डिङ जडानको लागि करोडौं रकम खर्च गर्दै आएको छ। प्रदेश र संघिय सांसदले पनि सिंचाई र पीउने पानीमा मनग्य लगानी गरे। तर, यहाँका ६० घर दलित विपन्न सदाय परिवार आज पनि आईरनयुक्त दुषित पानी पीउन बाध्य छन्। उनीहरुले त्यहि पानी तान्ने चापाकल समेत पाएका छैनन्। यसले जितेर गएका जनप्रतिनिधीको  दलित प्रतिको दृष्टिकोण उजागर गरेको छ।  

स्थानीय ४७ वर्षिय प्रमोद सदाय २ छोरा, तीनका बुहारी र नाता नातीनासहित एउटै घरमा बस्दै आएको बताए। उनले भने, ‘जमिन छैन, एउटै घरमा खाटमात्र अट्ने गरी बारेर सुत्ने गरेका छौं। आँगन दुईजना राम्रोसँग उभिन मिल्ने सम्म छैन। त्यती जमिनमा कता पानीकोलागि कल जडान गर्ने, कता शौचालय बनाउने। हामीलाई अव बसोकोकै लागि ठाउँ चाहिएको छ।’ 

संविधान जारी भएपछि दुईवटा निर्वाचन सम्पनन भयो तर आफूहरुले विकासको नाममा पानी समेत नपाएको बताए। उनले भने, ‘चुनावका बेला घर बनाईदिने, पानी, विजुली, शिक्षा, स्वास्थ्य सवै दिने बाँचा गर्छन, चुनाव जितेपछि हामी गरिबले केही पाउँदैनौं।’

नगर र वडाले गाउँभरी नै पीउने पानी र सिंचाईको लागि कल बोर्डिङ जडान गरेपनि यस वस्तिकाले केही नपाएका छैनन्।  

सोही वस्तीका ५० वर्षिय गंगावत्ति सदायको घर सडक विस्तारको क्रममा भत्काइयो। उनले त्यो भत्केको घर अहिलेसम्म सकार्न सकेका छैनन्। ‘पानी र शौचालयको के कुरा आर्थिकअभावका कारण भत्केको घर सकार्न सकेको छैन;’ उनले भने, ‘शौचालय नभएका कारण हाम्रा छोरीबुहारीले लोकलागज त खेप्दै आएको छ। कहिलेकाही खेतबालाको व्यइज्जति पनि सहनु पर्छ।’

उनले गरिव दुखिएको लागि सरकार नै नभएको जस्तो भएको बताए। उनले भने, ‘हाम्रो लागि सरकार कहा छ र? हामी त भोट बैंकमात्र हौं। सवै आउँछन् झूठो आश्वासन दिन्छन्। चुनाव पछि हामीसँग भेटै हुँदैन।’

वस्तीका गंगा देवी र प्रमोद प्रतिनिधीपात्र मात्र होइन् लगभग पाँच कठ्ठा क्षेत्रफलमा  फैलिएको जमिनमा   ६० घर परीवारकै बेदना उस्तै छन्। उनीहरु अव चुनावमा झूठा आश्वासन बाड्ने हैन, काम गरेर देखाउने नेता चुन्न चाहन्छन्। पुरानाले गरेका सवै गतिविधिले देशसँगै व्यक्ति व्यक्ति प्रभावित भएको भन्दै नयाँले मौका पाउनु पर्ने ३० वर्षिय धर्मेन्द्र सदाय बताउँछन्।

यस पटक पनि निर्वाचनका लागि सिरहा ३ बाट ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विश्वनाथ साह, नेपाली कांग्रेसका शुभाषचन्द्र यादव, नेकपा एमालेका लिलानाथ श्रेष्ठ (जो निवर्तमान सासदसमेत हुन), जनता समाजवादी पार्टी (जसपा)का अशेश्वर यादवm जनमत पार्टी का रोहित महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डाक्टर शम्भु यादवसहि १२ दलका र २९ स्वातन्त्र उम्मेवार छन्। विशेषतः यहि दलहरुविच नै प्रतिस्पर्धामा रहने देखिन्छ।

यस निर्वाचन क्षेत्रमा ५५ हजार ८५९ महिला र ६३ हजार ३९१ पुरुषसहित एक लाखा १९ हजार २५० मतदाता रहेका छन्। मतदान व्यस्थित गर्न ५३ वटा मतदानस्थल र १३६ मतदान केन्द्र स्थापना गरिएको छ।