सिरहा, १६ माघ। सिरहामा एक जनाको गोली हानि हत्या भएको छ। सिरहा नगरपालिका १ का अन्दाजी ४५ वर्षिय प्रमेनाथ यादवको वडा नम्वर ७ मैनाबत्तिखोला किनारमा आफ्नै खेत ट्क्याटरले जोतिरहेको अवस्था अज्ञात व्यक्तिले गोलीहानी हत्या स्थानीयले बताए।
खेत जोत्न गएका उनीमाथी अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको भन्ने खवर पाएको वडा अध्यक्ष महेश कुमार यादवले जानकारी दिए। उनले भने ‘मैले पनि उनीमाथि कसैले गोली दागरे हत्या गरेको भन्ने सुनेको छु। यस विषयमा म पनि थप बुझ्दै छु। अहिले म घरभन्दा वाहिर रहेकाले आफै अस्पताल पुग्दै छु।’
यस विशषयमा प्रहरीसँग सम्पर्क गरेपनि फोन उठेन। विस्त्रित विवरण आउन बाँकी छ।






















