सिरहा, १५ माघ। मधेश प्रदश सरकारले माघ १८ गते आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालयले रविदास जयन्तीको अवसर पारेर आईतवार विदा दिएको हो।
प्रदेश सकार मन्त्रीपरिषद्को २०८२ मंसिर १६ गतेको निर्णय अनुसार मधेश प्रदेश लगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा)को अवसरमा प्रदेश भित्रबसोवास गर्ने उक्त समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्याय गरेको मन्त्रालका प्रवक्ता राधेशंकर प्रसाद पालले जारी गरेको सूचनामा उल्लेख गरेको छ।























