राजविराज, १४ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा मलिथम एफसी उदयपुर विजयी भएको छ। 

सिरहाको धनगढी  महिला फुटबल टीमलाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित  गर्दै मलिथम एफसी विजयी भएको हो। मलिथमका लागि सबिना रोकायाले निर्णायक गोल गरेका थिए। 

शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिताको फाइनलमा भोली बिहीवार शिबशक्ति युवा क्लब सिन्धुली र शम्भुनाथ नगरपालिका टीमबीच प्रतिष्पर्धा हुने  सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए। 

 प्रतियोगिताका बिजेता टिमले नगद ५७ हजार  तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार रुपैयाँ तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ। 

सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

7d1fe863-5e1c-41dd-a908-f01df78d6a2e